एकै ओभरमा सन्दीपले लिए क्रिस गेल र कारणको विकेट - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

एकै ओभरमा सन्दीपले लिए क्रिस गेल र कारणको विकेट



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा भईरहेको छ ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबसंग खेलिरहेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा दिल्लीविरुद्ध पन्जाबले अहिले ब्याटिङ गरिरहेको छ ।

पन्जाबविरुद्ध नेपालका सन्दीपले किफायती बलिङ गरिरहेका छन् । सन्दीप तेस्रो ओभर विकेट लिन सफल भएका छन् । सन्दीपले ग्रिस गेललाई ६९ रनमा क्याच आउट गरे ।

सोहि ओभरमा सन्दीपले साम कारणलाई पनि आउट गरेका छन ।

 

योसंगै सन्दीपले  यस सिजन ५ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।