सन्दीप लामिछानेले भने : म चुनौतिको पहाडमा छु ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीप लामिछानेले भने : म चुनौतिको पहाडमा छु !



एजेन्सी । दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाएको अवसरलाई सहि साबित गर्न आफुलाई चुनौती रहेको बताएका छन् ।

भारतको चर्चित पत्रिका इण्डियन एक्प्रेससंग कुरा गर्दै अहिले प्राप्त अवसरलाई सहि साबित गर्नु नै मुख्य चुनौती भएको बताए ।

‘मेरो सबैभन्दा ठुलो चुनौती भनेको मैले पाएको अवसरलाई यो बर्ष पनि साबित गर्नु हो । यहाँ धेरै चुनौतीहरु छन् र मैले त्यसलाई पुरा गर्दै आएको छु,’ सन्दीपले भने, ‘मलाई अघिल्लो सिजनको तीन खेलबाट सबैले नियाल्नु भएको छ र यो बर्ष पनि केहि खेल खेलीसकेको छु । त्यसैले सबै टिमहरु हामीसंग खेल्न आउँदा म माथि तयारी गरेर आउनु हुन्छ ।’

गत सिजनको आईपीएलबाट टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली हुन् । जारि सिजनमा एसोसिएट राष्ट्रका खेल्ने एक्लो खेलाडी समेत हुन् ।

दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले विभिन्न राष्ट्रका ठुला ठुला टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीप एक वर्ष भित्र धेरै विदेशी फ्रेन्चाईज टी-ट्वान्टी लिग खेल्ने पहिलो नेपाली समेत हुन् ।

अस्ट्रेलियाको बिग बास र पाकिस्तानको सुपर लिगमा समान ११/११ विकेट हात परेका सन्दीपले वेष्ट इण्डिजको क्यारिबिएन प्रिमियर लिगमा ७ विकेट हात पर्दा विश्वका उत्कृष्ट स्पिनरको रुपमा आफुलाई उभ्याउन सफल भएका थिए ।

जारी सिजनमा सन्दीपले ३ खेल मात्र खेल्ने अवसर पाएका छन् । सन्दीपले खेलेको सबै खेलमा विकेट लिएका छन् । तर, सन्दीपले यस प्रदर्शनलाई निरन्तरता दिदै आफुलाई थप साबित गर्ने बताए ।

‘सबै टिमले मलाई पछ्याई रहेका छन् । तर, मेरो लागि यो अवसर हो । आउदो चुनौतीमा मैले आफुलाई साबित गर्न सक्छु,’ सन्दीपले भने ।

यस्तै सन्दीपले पावर प्लेमा बालिङ गर्दा आफुले धेरै किसिमको बलिङ गर्ने गरेको बताए ।

‘म पावर प्लेमा जति सक्दो चाडै आफ्नो ओभर सक्ने प्रयास गर्छु र सबै बलमा भेरिएसन ल्याउने कोसिस गर्छु,’ सन्दीपले थपे, ‘सबै बल फरक फरक हुनु पर्छ ।’