‘मैले करेन्ट लगाउँदा सनम शाक्यको स्वास बन्द भयो’ ! - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

‘मैले करेन्ट लगाउँदा सनम शाक्यको स्वास बन्द भयो’ !



काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएको सनम शाक्यको हत्या करेन्ट लगाएर र कुटपिटबाट भएको खुलेको छ ।

शाक्यलाई करेन्ट लगाउने टेकराज मल्लले प्रहरीलाई दिएको बयानमा शाक्यले हराएको सुन कहाँ छ भन्ने नभनेसम्म मरे पनि करेन्ट लगाइरहन चुडामणि उप्रेती गोरेले निर्देशन दिएको उल्लेख गरेका छन् ।

“हामीहरुले कुट्दै मुखको बुजो निकाल्दै सोधपुछ गर्दा पनि नबताए पछि पुनः पहिले जस्तै तरिकाले कुटपिट गर्न थालियो,” उनले बयानमा भनेका छन्, “सोही क्रममा खोला तिर मान्छेको चहल पहल बढ्न थाले पछि गोरे भन्ने चुडामणी उप्रेतीले यहाँ मान्छेले थाहा पाउँछन् यिनीहरुलाई गाडीमा राखी करेन्ट लगा भनेपछि निजले बताए बमोजिम तिनै जनालाई बाँधेको रूखबाट खोली सनम शाक्य र मोहन काफ्लेलाई मैले र सुरेन्द्र गौतमले करेन्ट लगाउन थाल्यौँ भने कृष्ण भन्ने नरेन्द्र कार्कीलाई लाक्पा शेर्पा र टुक बहादुर मगरले टाटा हाईलेक्स गाडीमा लगी सबै तिरको झ्याल ढोका बन्द गरी गाडीको म्युजिक खोली आवाज बढाई मुखमा बुजो कोची करेन्ट लगाउन थालियो ।

करेन्ट लगाउने क्रममा मैले र सुरेन्द्र गौतमले करेन्ट लगाएका मोहन काफ्ले र सनम शाक्यमध्ये सनम शाक्य बेहोस भएपछि बेहोस भएको कुरा गोरे भन्ने चुडामणी उप्रेतीलाई जानकारी गराउँदा जबसम्म भन्दैन तबसम्म मरे मरोस् करेन्ट लगाई राख भन्यो र म पुनः गाडीभित्र पसी बेहोस अवस्थामा रहेका सनम शाक्यलाई करेन्ट लगाउन थालेँ । त्यसरी करेन्ट लगाउदै जाँदा केहि बेरमा सनम शाक्यको सासको धडकन बन्द भयो ।”

त्यसपछि यसलाई मर्न त दिनु हुँदैन भनी हतार हतार राजन भन्ने ड्राइभरलाई बजारतर्फ ग्लुकोज लिन आफूले नै पठाएको उनले बयानमा उल्लेख गरेका छन् ।