सानै उमेरमा प्रेम,उमेर नपुग्दै आमा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सानै उमेरमा प्रेम,उमेर नपुग्दै आमा



पोखरा। सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन् । यो खबर नेपाल समाचारपत्रमा छ ।