सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन हुनुपर्छ : भारत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन हुनुपर्छ : भारत



२४ चैत, काठमाडौं । बुधबारदेखि सुरु नेपाल–भारत प्रबुद्ध व्यक्ति (इपीजी) को तेस्रो बैठकमा नेपाली पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धिका सबैजसो धारामा संशोधन हुनुपर्ने धारणा व्यक्त गरे पनि भारतीय पक्षले त्यसमा आफ्नो धारणा स्पष्ट पेस गरेको छैन ।
बैठकमा इपीजी नेपालका सदस्य नीलाम्बर आचार्यले सन् १९५० को सन्धिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै विशेष प्रस्तुति दिएका थिए । उनका अनुसार, सन्धिका धारा ५,६ र ७ लाई पुनरावलोकन गर्न नेपालले चाहेको छ ।

इपीजीका भारतर्फका सदस्यले उक्त सन्धिका धारा अद्यावधिक गर्न तयार रहेको उल्लेख गर्दै त्यसमा थप छलफल आवश्यक रहेको बैठकमा बताएको सहभागी स्रोतले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।