संयुक्त रूपमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

संयुक्त रूपमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन



धनगढी : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले धनगढीमा संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयबाट विरोध र्‍याली लिकालेर एलएन चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

वडा प्रहरीको स्कटिङ तथा सडकमा तयनाथ प्रहरी र सशस्त्र प्रहरीकै अगाडि उनीहरू पुत्ला दहन गरेका थिए। प्रमुख जिल्ला अधिकारीबाट पुत्ला दहनमा रोक नलगाउने निर्देशन भएकाले आफूहरू मौन बसेको प्रहरी श्रोतले जनाएको छ।

करिव १० मिनेट प्रधानमन्त्रीको पुत्ला दहनपछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर परेको थियो।