नेपाल भारत सुरक्षाकर्मीको संयुक्त गस्ती ।
रबिन्द्र यादव/नवलपरासी
नवलपरासीमा सीमा सुरक्षाको लागि नेपाल र भारत सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुर महाराजगंजले संयुक्त गस्ती गरेका हुन ।
गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी नायव उपरीक्षक एन चोंगलोईको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सीमा स्तम्भ सङ्ख्या ४९७ देखि स्तम्भ सङ्ख्या ५०० सम्मको संयुक्त गस्ती गरिएको थियोे ।
गस्तीको क्रममा सीमा अतिक्रमण गरी दुवै देशका नागरिक बस्दै आएका बारे सुरक्षाको दृष्टिकोणले समस्याबारे छलफल समेत गरिएको थियो । उक्त गस्ती टोलीमा नेपालका २१ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना सुरक्षाकर्मीको सहभागिता रहेको थियोे ।
नेपालमा बाम गठबन्धनको बहुमतको सरकार बन्ने भएपछि यो नवलपरासीमा पहिलोपटक संयुक्त गस्ती गरेको हो । यस बाहेक पनि ती दुई सीमाका सुरक्षाकर्मी बिचको धेरै पटक संयुक्त गस्ती गरिसकिएको छ ।