संयुक्त दलित सशक्तिकरण समाजद्धारा आरन बितरण
मंगल बास्कोटे / लम्की,कैैैलाली ।
दलित समुदायले गर्दै आईरहेको आरन पेसालाई संरक्षण गरि ब्यवसायीक गर्न आज संयुक्त दलित सशक्तिकरण समाजले आरन पेसामा संलग्न ब्यक्तिहरुलाई आरन बितरण गरेको छ । पछिल्लो समय कैलाली सहित प्रदेश नं.७ मा समय अनुसार आवश्यताका सामग्रीहरु आर्थिक अभाबमा लिन नसक्दा आरन व्यवसाय बिस्ताबिपत हुने देखिएको अवस्थालाई मध्यनजर गरी आरन बितरण गरिएको हो ।
प्रबिधीको बिकास भए पनि आर्थिक अभाबको कारण अझै परम्परागत शैलीमा आरन चलाउदै आईरहेका अतिबिपन्न १० जनालाई लम्की चुहा नगरपालिकाको आर्थिक सहयोगमा बिद्युतिय आरन बितरण गरिएको छ ।
आरन पाईसके पछि निकै हसिलो अनुहारमा वडा नं.३ ब्यवस्थीतनगरका भने टमट्ले ‘मैले बिगत धेरै बर्ष देखि आरन पेसा अंगाल्दै आएको छु । समय परिस्थीती संगै आरनका सामग्रीहरु परिवर्तन गरेर राम्रो गर्न चहान्थे ,तर आर्थिक अभावले त्यो गर्न सकेन र यो पेसालाई छोड्ने तयारीमा रहेको बताए ।’ उनले भने , ‘आज हाम्रो पेसालाई सम्मान गर्दै नगरपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित शसक्तिकरण समाजले आरन बितरण गर्दा निकै खुसि लागेको छ । अव ब्यवसायीक रुपमा आरन चलाएर बस्ने सोच बनाई सकेको छु ।’
परम्परागत रुपमा प्रयोग गर्दै आईरहेका आरनले एउटा आसि बनाउदा १ घण्टा लाग्ने गरेको छ । मेहनत र समय बढि खर्चिए पनि आवस्यकता पुरा हुन नकस्दा निकै निरास भएको वडा नं. ४ का केश बहादुर सुनारले दुुखेसो पोख्दै उनले भने ‘ अव बिद्युतय आरन पाएका छौ समय संगै बनाउने बस्तुको संख्या पनि धेरै हुन्छ ,चाहेअनुसारको फल पाउनेमा आफु ढुक्क छु । ‘
संयुक्त दलित सशक्तिकरण समाजमा आरन बितरण गर्नको लागी समाजले निवेदनको आह्वान गरिएको थियो । समाजको कार्यालय २५ वटा निवेदन परेको र छनौटको आधरमा १० जनालाई आरन बितरण गर्न सफल भएको अध्यक्ष ढक बहादुर बि.कले बताए । आगामी दिन ति १५ जनालाई पनि यस्तै सिप मुलक कार्यक्रम ल्याउने जानकारी दिए । अवको केही दिनमा नै छाला जुत्ताको ब्यवसायलाई ब्यवस्थीत बनाउनको लागी तालिम दिने ब्यवसायका लागी निर्माण सामग्री पनि उपलब्ध गराउने अध्यक्ष बिकले बताए ।
संयुक्त दलित शसक्तिकरण समाजका अध्यक्ष ढक बहादुर बि.कको अध्यक्षतामा भएको आरन बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख महादेब बजगाईले नगरपालिकामा रहेका लक्षित बर्ग भित्रका दलित समुदायलाई बिभिन्न आयआर्जन तथा ब्यवसायी मुलक कार्यक्रमलाई जोड दिएर आत्मनिर्भर बनाउने बताएका छ्न । यो आरन बितरणबाट पनि आरन पेसामा लागेका परिवारमा पनि केही परिवर्तन आउने बताए ।’ उनले भने ,’हामीले तिरेको करबाट नै आएको रकम हो यसलाई सबैले सही ढंगबाट सदुपयोग गर्न आवस्यक छ ।’ साथै नगर प्रमुुख बजगाईले ,’गत आर्थिक बर्ष २०७४÷७५ परिक्षण तथा सिकाईको कार्याकाल भयो,अव आर्थिक बर्ष २०७५÷७६ मा सरकारको तर्फबाट केही सहयोग भए केही गर्न चाहानेको लागी साच्चै महसुस हुने गरी कार्यक्रम ल्याउने बताए ।’ देशमा गणतन्त्र आएको अनुभुति संगै जनताले आफ्नो जिवनमा आमुल परिवर्तन भएको देख्न सक्ने कुरामा नगर प्रमुख बजगाईलेे जोड दिएका थिए ।