पाँच जना मन्त्रीले सामुहिक राजिनामा दिने: पत्रकार सम्मेलनको तयारी
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका पाँचजना मन्त्रीहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनीहरूले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।
अहिले केहीबेरपछि उनीहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
संसद्को विकास समितिको हलमा वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराईसहितका मन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।