न्यूयोर्कको कहर: लास धेरै भएपछि सामूहिक चिहान, बाहिरिए यस्ता तस्बिर - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

न्यूयोर्कको कहर: लास धेरै भएपछि सामूहिक चिहान, बाहिरिए यस्ता तस्बिर



एजेन्सी- अहिले सबैभन्दा बढी कोरोनाले थालिएको अमेरिकाको न्यूयोर्क शहर मानिसहरूका लागि कहर बनेको छ।

कोरोना महामारी नरोकिएपछि सबैभन्दा बढी समस्या बनेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर बाहिरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा कोरोना महामारी अनियन्त्रित बनेपछि लास व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । यसैलाई ध्यान दिएर त्यहाँ सामूहिक चिहानमा लास व्यवस्थापनको तयारी भइरहेको दृश्यलाई ड्रोनमार्फत् खिचिएको छ ।

बीबीसीका अनुसार हार्ट आइल्याण्डमा बनाइएको यो चिहानमा अन्तिम कर्म गर्न नसक्ने मानिसका आफन्तको शवलाई सामूहिकरुपमा व्यवस्थापन गर्ने सुविधा मिल्नेछ ।

न्यूयोर्कमा अहिले कुनै पनि एक देशको भन्दा बढी कोरोना संक्रमण देखिएको छ । विहीबार मात्र त्यहाँ १० हजारभन्दा बढी कोरोना संक्रमित बिरामी थपिए र त्यहाँ मात्र १५९,९३७ जना कोरोना संक्रमित बिरामी भेटिइसकेका छन् ।

यसमध्ये ७ हजारभन्दा बढी मानिसको त्यहाँ मृत्यू भइसकेको छ ।

स्पेनमा १५३,००० संक्रमित भेटिएका छन् भने इटलीमा १४३ हजार । कोरोनाको उद्गमस्थल चीनमा केवल ८२ हजार आसपास मानिस संक्रमित भेटिएका छन् ।

अमेरिकामा मात्र ४,६२ हजार भन्दा बढी मानिसमा संक्रमण भेटिएको छ भने १६,५०० भन्दा बढी मानिसको मृत्यू भइसकेको छ । संसारभरी १६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ९५ हजा मानिसको मृत्यू भइसकेको छ ।

अमेरिकाबाट प्राप्त ड्रोन फुटेजमा आधारित भएर बीबीसीले सार्वजनिक गरेको खबरका अनुसार हार्ट आइल्याण्डलाई १५० वर्षअघिदेखि अन्त्यष्टि गर्न नसक्ने मानिसका आफन्तको शब व्यवस्थापन गर्ने ठाउँमा सामूहिकरुपमा कोरोना भाइरसबाट मरेका मानिसहरुको अन्त्यष्टि गरिएको जनाइएको छ ।

संसारभरी नै ५ मध्ये एकजनाको जागिर कोरोनाको कारण प्रभावित भएको छ ।