कञ्चनपुरमा एक किशोरीको सामुहिक बलात्कार
काठमाडौं । कञ्चनपुरमा अर्की एक किशोरी सामुहिक बलात्कारमा परेकी छन् । निर्मला पन्तको बलात्कारको घटना सेलाउन नपाउँदै अर्को रहस्यमय घटना सार्वजनिक भएको छ ।
बेल्डाँडी गाउँपालिकामा-१ मा बिहीबार राति २ बजे ती किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकार गर्नुभयो ।
कडायतले पीडकलाई चिनेको भन्दै रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताउनुभयो । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए । अहिले कञ्चनपुर प्रहरी अनुसन्धानमा जुटेको छ । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।
बलात्कृत किशोरीकै गाउँका युवकले बलात्कार गरेको खुलासा भएपनि पीडक भने प्रक्राउ परेका छैनन् । पीडक फरार रहेकाले प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।