सामुदायिक वनमा झुन्डिएको अवस्थामा लास फेला
बिशाल पाण्डेय / बिरेन्द्र शाह
सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ९ फारमको स्वर्गद्धारी सामुदायिक बनमा झुन्डिएको अवस्थामा लास फेला परेको छ ।
जंगलमा च्याउँ खोज्न जाने क्रममा झुुन्डिएको अवस्थामा लास देखे पछि स्थानीयहरुले खबर गरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यलय सुखडका अनुसार लास पुरै सढेको र लास नजिकै पुरुषको कपडा फेला परेको हुँदा लास पुरुषको हुनसक्ने बताएको छ। लास सढेर खप्पर र शरिरको हड्डीहरु मात्र फेला परेको हुनाले पोस्टमार्टम गर्न पनि नसकिने हुदा मुचुल्का उठाएर लासलाई त्यही गाढेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । लासको अवस्था हेर्दा २० दिन पहिला नै झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।