सामुदायिक वनले अब बैज्ञानिक वन व्यवस्थापन तर्फ उन्मुख हुनु पर्छ : वन अधिकृत कर्ण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सामुदायिक वनले अब बैज्ञानिक वन व्यवस्थापन तर्फ उन्मुख हुनु पर्छ : वन अधिकृत कर्ण



नेत्रप्रसाद न्यौपाने / लम्की ।
सेक्टर वन कार्यालय लम्कीका बरिष्ट वन अधिकृत  देबेन्द्रलाल कर्णले सामुदायिकवनले अब बैज्ञानिक बन व्यवस्थापन उन्मुख हुनु पर्नेमा जोड दिनु भएको छ ।

कैलालीको जॉनकी गाउपालिका वडा नम्बर ८ पालबजारमा रहेको ऐश्वर्य सामुदायीक बनले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ वन अधिकृत देबेन्द्रलाल कर्णले ऐश्वर्य सामुदायिक बन कार्यसम्पादन मुल्याङ्कनका साथै बन संरक्षणको आधारमा जिल्लाका ५ सय ६६ बन मध्य तेस्रो स्थानमा पुग्न सफल भैई उत्कृष्ता प्रदान गरेकोमा धन्यबाद दिनु भयो । सामुदायिक बनले अब बन संरक्षण संगै वनलाई दिगो बन ब्यवस्थापनको अवधारणाका साथ अगाडि बढ्न उहाले जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल डुडेझारी बेस क्याम्पका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर रावलले ऐश्वर्य सामुदायिक बन पालबजारले बन संरक्षणमा सबैले देखिने गरि काम गरेकोमा धन्यबाद दिनु भयो । बन संरक्षण संगै बनमा बन्यजन्तुको समेत बृद्धि हुनु सकारात्मक पक्ष भएको औल्याउदै बनलाई जिल्ला बन कार्यालयले मुल्याङ्कन गरेको उत्कृष्टताको गरिमा बचाइ राख्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा ऐश्वर्य सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष केशव बहादुर शाहीले बनलाई जिल्लाकै उत्कृष्ट बन सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भएको थियो ।

जिल्ला बन कार्यालय कैलालीले जिल्लामा संरक्षित ५ सय ६६ बनमा बिभिन्न विद्यामा ५ वटा सामुदायिक बनलाई उत्कृष्ट सामुदायिक बनको रुपमा छनोट गरेको थियो । सोहि अबसरमा सामुदायिक बनले यस क्षेत्रका सामुदायिक वन सहयोगि संघ संस्था र सेक्टर, इलाका बन कार्यालयका साथै सरोकारवालाई सम्मान समेत गरेको थियो । भने जिल्ला बन कार्यालय बाट प्राप्त उत्कृष्ट बनको प्रमाण पत्र सेक्टर बन कार्यालय लम्कीका प्रमुख बरिष्ट बन अधिकृत देबेन्द्रलाल कर्णले वनका अध्यक्षलाई हस्तान्तरण गदै सम्मानित भएको घोषणा गर्नु भएको थियो ।