समुदायका समस्याहरुबारे घोडाघोडीका सम्पूर्ण वडाहरुमा छलफल - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

समुदायका समस्याहरुबारे घोडाघोडीका सम्पूर्ण वडाहरुमा छलफल



हिमाल पोस्ट / सुखड ,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकाका १२ वटै वडाहरूका समुदायमा आधारित समस्याहरुबारे छलफल गरिएको छ ।

घोडाघोडी नगर स्तरिय युवा संञ्जालको आयोजना तथा ओरेक नेपालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । समुदायमा रहेको हानिकारक परम्पराहरूको अबस्था बुझी स्थानिय सरकार तथा सरोकारवालाहरूलाई सो समस्या निराकरण गरी संमृद्ध नगर निर्माणमा टेवा पुर्याउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

भौतिक निर्माणको बिकास संगै मानबिय चेतनाको स्तर समेत माथि उठ्नु आजको आवश्यकता भएका कारण साथै पछिल्लो समय समाजमा ब्याप्त कु-रिती , कुसंस्कार , हत्याहिंसा , बलात्कार मौलाई रहेको अबस्थामा घोडाघोडी नगरपालिकाका बिभिन्न वडामा रहेका समस्यालाई निराकरण गर्न स्थानिय सरकारलाइ सहुलियत होस भनि कार्यक्रमको आयोजना गरिएको नगर युवा संञ्जालका अध्यक्ष शंकर डगौराले जानकारी दिनुभयो । डगौराका अनुसार घोडाघोडी नगरपालिकाका बिभिन्न वडाहरूमा अझै बालबिबाह , छाउपडी प्रथा, महिला हिंसा, बलात्कार , लागुपदार्थ दुर्वेवसनि ,जुवातास, न्युनआयस्तर लगायतका समस्या छलफलका क्रममा सहभागिले बताएको अध्यक्ष डगौराले बताउनु भयो ।

प्रत्येक वडाका जनप्रतिनिधी, सरोकारवाला ब्यक्ती ,स्थानियहरूको बाक्लो उपस्थितीमा यहि भाद्र २ गते देखी संचालन भइरहेको कार्यक्रमको आज १३ गते सम्पन्न भएको हो । नगर युवा संञ्जालका अध्यक्ष शंकर डगौराको सभापतित्वमा संचालन भएको कार्यक्रमको सहजिकरण नगर स्तरिय युबा संञ्जालकी अपाध्यक्ष लक्ष्मी मिश्रले गर्नु भएको थियो । घोडाघोडी नगर युवा संञ्जालले घोडाघोडी नगर पालिकाका बिभिन्न वडाहरूमा बिभिन्न संघ-संस्थाको सहयोगमा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आइरहेको छ ।