सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक



काठमाडौं । सामसुङले विश्वको पहिलो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सन्फ्रान्सिस्कोमा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो ।

सामसुङले अहिले अघि सारेको स्मार्टफोन खोल्दा ७.३ इन्चको ट्याबलेट स्क्रिन रहेको छ । यसलाई बन्द गर्दा भने सानो आकारमामा पनि चलाउन सकिन्छ । कम्पनीले अबको केही महिनामा नै यसको उत्पादन सुरु गरिने बताएको छ ।

पाँच वर्षअघिदेखि हुवावे र सामसुङको बीचमा यस किसिमको स्मार्टफोन कसले पहिला ल्याउने विषयमा प्रतिस्पर्धा चल्दै आएको थियो । यद्यपि एक साताअघि यसै किसिमको अर्को स्मार्टफोन पनि सार्वजनिक भएको थियो ।

२०१८ को तेस्रो त्रैमासमा सामसुङको स्मार्टफोनको व्यापारमा अघिल्लो वर्षको तुलनामा १३.४ प्रतिशतको गिरावट आएको अनुमान गरिएको छ । पछिल्लो १२ महिनामा सामसुङको स्मार्टफोनको बजारको हिस्सा २२.१ प्रतिशतबाट झरेर २०.३ मा पुगेको छ ।

अहिले सार्वजनिक गरिएको स्मार्टफोनले कम्पनीको सुस्ताएको व्यापारलाई पुनः सही दिशामा ल्याउनका लागि सहयोग पुग्ने विश्लेषकहरुले बताएका छन् ।