संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनतर्फ केन्द्रित हुनुपर्छः बिजुक्छे - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनतर्फ केन्द्रित हुनुपर्छः बिजुक्छे



हिमाल पोष्ट / भक्तपुर, २७ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोलिएको बताउनुभएको छ ।

स्थानीय वासु माविको ५४औँ तथा वासु कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँलेसरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर कार्यक्रम अगाडि बढाउनुपर्छ, देशभर एकै पटक निर्वाचन गर्न नसके चरणबद्घ रुपमा निर्वाचन गर्न सकिन्छ, सरकारले चाहे निर्वाचन सम्भव छ भन्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईं, जिशिअ अर्जुनकुमार रायमाझी, वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छालगायतले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरलाई उच्च बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कक्षा १ देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थी, माविबाट प्रवेशिका उत्तीर्ण विद्यार्थी, विद्यावारिधि र एमफिल गरेका विद्यार्थीलाई पुरस्कार प्रदान एवं २५ वर्ष सेवा गर्ने शिक्षिका हरिमाया कायस्थ र शिक्षक लक्ष्मीहरि ताम्राकारलाई सम्मान गरिएको प्राचार्य अम्बिका न्याइच्याईँले जानकारी दिनुभयो । रासस