प्रचण्ड-नेपालले संसदीय दलबाट ओली र नेम्वाङलाई हटाए, सुर्य थापा पनि हटाइए - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रचण्ड-नेपालले संसदीय दलबाट ओली र नेम्वाङलाई हटाए, सुर्य थापा पनि हटाइए



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ ।

पेरिसडाँडामा बसेको सो पक्षको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापालाई केन्द्रीय सदस्यबाट हटाइएको छ ।

केन्द्रीय सदस्य एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने विषयमा पनि बैठकमा छलफल भएको छ । तर, निर्णय भने भएको छैन ।

‘पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीबाट निष्काशन गरिएको छ’, नेता वर्षमान पुनले बैठकको निर्णय सुनाउँदै भने ।