एमसीसी टेवल गरेपछि स्थगित भयो संसद बैठक - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एमसीसी टेवल गरेपछि स्थगित भयो संसद बैठक



काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मलाई स्थगित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कील एमसीसी सम्झौता टेबुल गरेपछि सभामुखले अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजेलाई बोलाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न मन्त्री शर्मालाई समय दिएका थिए। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी आजै प्रतिनिधिसभामा टेबुल गर्ने सहमति गरेको थियो।