संसदभित्रै मन्त्री प्रभु शाहमाथि लाग्यो संगीन आरोप - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

संसदभित्रै मन्त्री प्रभु शाहमाथि लाग्यो संगीन आरोप



काठमाडाैं-सहरी विकासमन्त्री प्रभु शाहमाथि सांसद दिल कुमारीले संसद भित्रै गम्भीर आरोप लगाएकी छिन्। उनले पत्रपत्रिकामा पढेको भन्दै शाहमाथि आरोप लगाईन ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मन्त्री शाह ‘भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वान’ भनेर धेरै नाम कमाएको बताइन्। यो आफूले आरोप लगाएको नभई पत्रपत्रिकामा पढेको उनको भनाइ थियो।

मन्त्री शाहकै संलग्‍नतामा काशी तिवारी हत्यापछि उनकी श्रीमतीलाई आठ लाख रुपैयाँ दिएर मुख बन्द गर्न खोजिएको आरोपसमेत उनले लगाइन्।

‘श्रीमतीलाई जतिसुकै दु:ख होस् तर पैसामा बिक्दैनन् बरु डटेर सामाना गर्छन्,’ उनले भनिन्, ‘पत्रकार वीरेन्द्र शाहको हत्या होस् वा काशी तिवारीको हत्या वा शिक्षक सुनिल यादवको हत्या भएपछि परिवार न्यायको आशमा रहेका छन्।’