छलफल गर्न भन्दै बोलाएर महन्थले सांसदहरूलाई एकाएक रिसोर्टमा पुर्‍याए - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

छलफल गर्न भन्दै बोलाएर महन्थले सांसदहरूलाई एकाएक रिसोर्टमा पुर्‍याए



काठमाडौँ- जसपा अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरूलाई छलफल गर्न भन्दै बोलाएर रिसोर्टमा लागेका छन् । देउवा निवासमा लामो छलफल गरेर निस्किएका ठाकुरले आफू निकट सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेको एक नेताले बताए ।

बबरमहलस्थित कार्यालयमा छलफलका लागि आफू निकट सांसदलाई एकाएक रिसोर्टमा लागेका थिए । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट सिधै भक्तपुरको एक रिसोर्टमा सांसदहरूलाई लागिएको ति नेताले बताए ।

स्रोतका अनुसार १२ जना सांसदहरूलाई रिसोर्टमा लागिएको छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्ने ठाकुर र महतोले जम्मा १२ सांसद लिएर रिसोर्ट पुगेका छन् ।

रिसोर्टमा के को लागि लागिएको हो खुलेको छैन । वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सांसदहरूलाई एकाएक रिसोर्टमा लैजानुलाई अर्थपूर्ण मानिएको छ।