अब सांसदले एक लाख पर्ने ल्यापटप पाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब सांसदले एक लाख पर्ने ल्यापटप पाउने



काठमाडौं । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए ।

६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ ।

संसद्कै साढे ६ करोड विकास खर्चबाट संसदीय समिति सभापतिहरुको लागि ११ वटा गाडी पनि खरिद गरिँदै छन् ।

यस्तै, विकास खर्च शीर्षकमै सरकारले दिएको थप साढे ६ करोडले संसद्ले १२ वटा सरकारी गाडी खरिद गर्दैछ । सचिवालयले संसदीय समिति सभापतिहरुका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो ।, नयाँ पत्रिका दैनिकमा समाचार छ ।