सांसदले नै ३१ ल्यापटप गायब पारे - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

सांसदले नै ३१ ल्यापटप गायब पारे



पत्रपत्रिका/नयाँ पत्रिका/काठमाडौं-

संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन्। सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन्।

३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ। ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन्।

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ।

संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के कारवाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पुर्वसभासदले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन् ।