संसदमा लफडा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

संसदमा लफडा



काठमाडौँ – आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति’लाई वास्ता नगरी जबाफ दिन्छु भनेपछि संसदमा लफडा भएको हो । त्यसपछि प्रमुख विपक्षी दल काङ्ग्रेसका सांसदहरूले उभिएर संसद अवरोध गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि प्रधानमन्त्री ओलीले जबाफ दिएपछि प्रतिपक्षी सांसदहरूले थप प्रश्न गरेका थिए । स्पष्टीकरण रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति’लाई वास्ता नगरी जबाफ दिने भन्दै बोल्न थालेका थिए । त्यसपछि काङ्ग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् । अर्कातिर नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रश्न सोध्‍ने क्रममा अपशब्द प्रयोग गरेकामा प्रधानमन्त्री ओली पनि रिसाएका थिए ।

सांसदहरूले सोधेका प्रश्नमाथि स्पष्टीकरण दिन रोस्ट्रम पुगेका प्रधानमन्त्री प्रयोग गरेका शब्दलाई लिएर सांसदहरूले विरोध जनाए । अर्कातिर प्रश्न सोध्दा अपशब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीले पनि आपत्ति प्रकट गरेपछि प्रतिपक्षी सांसदहरू रिसाएका हुन्। रोस्ट्रममा पुगेर स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्रीले रिसाउँदै अपशब्द प्रयोग गरिएको बताएका थिए । तर प्रतिपक्षी दलका सांसदहरूले भने प्रमले प्रयोग गरेका शब्दमा आपत्ति जनाए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए । काङ्ग्रेसका सांसदहरूले उठेर विरोध जनाइरहेकै समयमा सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए ।

संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि काङ्ग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे । उनले एउटा व्यक्तिका लागि नागरिक झुक्नुपर्ने, संसद झुक्नुपर्ने अवस्था आउन नहुने बताए ।