हरेक सांसदले ६ करोड रकम खर्च गर्न पाउने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हरेक सांसदले ६ करोड रकम खर्च गर्न पाउने



काठमाडाैँ, सरकारले सांसदले चाहेका परियोजनामा खर्च गर्ने बजेट २ करोडले बढाएको छ । अघिल्लो बजेटमा ४ करोड रकम विनियोजन भएकोमा यस बर्ष उक्त रकम बढाएर ६ करोड पुर्‍याइएको हो ।

सांसदहरूले १० करोड बजेट माग गर्दै आएका थिए।

विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले बजेटमार्फत यस्तो रकम खर्च गर्ने कार्यविधिमा प्रतिनिधि सभाका समानुपातिक र राष्ट्रिय सभाका सांसदको भूमिका रहने व्यवस्था गरिने बताए।

स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको खतिवडाले जानकारी दिएका हुन् ।

हालसम्म अन्तिम निर्णय गर्ने अधिकार प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई रहँदै आएको छ । सरकारले निर्वाचन क्षेत्रमा सांसदले १० लाख माथिको परियोजनामा खर्च गर्ने सक्ने गरी कार्यविधि तयार पारेको छ।