भोली संसद बैठक बस्ने, यस्तो छ कार्यसूची
काठमाडौं- बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो।
प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो।