जनार्दन शर्माले भन्छन: संविधान अनुसार संसद जिवित नै छ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले अझै संसद जीवित भएको बताएका छन् ।
नेता शर्माले संविधान अनुसार संसद जिवित रहेको सामाजिक संजालमार्फत बताएका हुन् । संविधानको ब्यबस्था अनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले हठात् संसद विघटन गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भैरहेका बेला नेता प्रभाकरले यस्तो बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन ‘संविधान अनुसार संसद जिवित नै छ ।।’