एमालेका २८ सांसदले दिएनन् ओलीलाई मत
काठमाडौं । संसदमा एमालेका २८ सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा उनीहरू अनुपस्थित बहेका हुन् ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद ओलीले विश्वासको मत लिने बैठकमा नगएको एक सांसदले बताएका छन् । पार्टीले जारी गरेको ह्वीप उल्लंघन गर्दै उनीहरू बैठकमा गएका छैनन् ।
खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।