संसद् बैठकलाई कोरोना फ्री बनाउने चिन्ता - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संसद् बैठकलाई कोरोना फ्री बनाउने चिन्ता



काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को बैठकलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरूसँग छलफल गरेका छन्।

सभामुखको कार्यकक्षमा आज उनीहरूले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. दीर्घराज आरसीसँग छलफल गरेकाे सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसद्अन्तर्गतका सभाहलमा सांसद्का लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइँ व्यवस्थानको काम भइरहेको छ। संघीय संसद्को छैठौं बैठक २६ वैशाख अपरान्ह ४ बजेका लागि आह्वान भएको छ।