सांसदलाई कोरोना संक्रमण: कर्णाली प्रदेशसभामा तनाव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सांसदलाई कोरोना संक्रमण: कर्णाली प्रदेशसभामा तनाव



सुर्खेत- कर्णाली प्रदेशसभाका विपक्षी दलका नेतालाई कोरोना संक्रमण भएपछि त्रासको वातावरण बनेको छ ।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेता शाहीलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको बताइएको छ ।

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारीको भनाई छ ।

यस्तै संक्रमित थुनुवाको सम्पर्कमा आएका अर्का एक प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका तीन प्रहरीमा संक्रमण देखिएको छ ।