एमालेले संसद चल्न नदिने - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एमालेले संसद चल्न नदिने



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका एमालेका १४ सांसदहरु संसद बैठकमा उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले यस्तो बताएका हुन् ।

एमालेले यसअघि माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले भने उनीहरुलाई कारबाही गर्नु अनावश्यक भएको भन्दै कारबाहीको सूचना टाँस्न अटेर गरेका थिए ।

संसद बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आजको संसद बैठकमा एमाले खरो रुपमा उत्रने तयारी गरेको छ ।