संसद् अधिवेशन चलाउन सचिवालयले पुरा तयारी गरेको छ: सभामुख सापकोटा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

संसद् अधिवेशन चलाउन सचिवालयले पुरा तयारी गरेको छ: सभामुख सापकोटा



काठमाडौं- सभामुख अग्नि सापकोटाले संसद्को आगामी अधिवेशन सञ्चालनका लागि सचिवालय तयार रहेको बताएका छन् । पत्रकारहरूसंगको कुराकानीमा उनले आफूहरू तयार भइसकेको बताएका हुन्।

‘संसद संचालनको बिषयमा सरकारसँग पनि कुराकानी भइरहेको छ’ सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सापकोटाले भने ।

सापकोटाले भने, ‘हामी पूरै तयारीमा छौँ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर हामीले गर्नुपर्ने सबै तयारी गरका छौँ।’

संसद् सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो ? भन्ने पत्रकारको प्रश्नमा सभामुखले भने, ‘हामी हाम्रो तयारीमा छौँ। सरकारसित पनि कुरा चलिरहेको छ।’

त्यस्तै, सरकारले ल्याइरहेको अध्यादेशबारे उनले भने, ‘अहिले सरकारले ल्याएका अध्यादेशहरू पछि संसदमा छलफल हुने नै छ।’