११५ सांसदको अगाडी प्रचण्डले भने: अब सरकार बन्छ, संसद ब्युँतिन्छ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

११५ सांसदको अगाडी प्रचण्डले भने: अब सरकार बन्छ, संसद ब्युँतिन्छ



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमद दाहाल प्रचण्डले अब आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसहमत रुपमा दलको नेता चुनिसकेपछि उनले अब आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

‘संसद पुनर्स्थापना हुन्छ। केपी शर्मा ओली र विद्यादेवी भण्डारीको संसद विघटन गर्ने गैरसम्वैधानिक कदम हो। यसले मान्यता पाउँदैन’, उनले भने ‘गैरसम्वैधानिक कदम अमान्य हुन्छ।’

उनले नेकपाका बहुमत सांसद आफूहरूसँग रहेको र अन्य सांसदलाई मनाउने प्रयास भइरहेको बताए।

आजको दलको बैठकमा प्रतिनिधि सभातर्फका ९३ जना र राष्ट्रिय सभाका २४ जना गरी ११५ जना सांसद सहभागी थिए।