कुन दलका कति सांसदले गरे संसद विघटनविरुद्ध हस्ताक्षर ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कुन दलका कति सांसदले गरे संसद विघटनविरुद्ध हस्ताक्षर ?



काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी पाँच दलका १४८ सांसदहरूले रिटमा हस्ताक्षर गरेका छन् । कांग्रेसका ६१, माओवादीका ४८, एमालेको माधव नेपाल पक्षका २६, जसपाका १२ र जनमोर्चाका १ गरी १४८ सांसद्ले हस्‍ताक्षर गरेका छन् ।

यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको थियो । जेठ ७ गते मध्यराति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।