सांसद बेगमले भनिन छोरीहरू २० वर्षसम्म बिग्रन्छन १६ वर्ष मै विबाह गर्दिनु पर्छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सांसद बेगमले भनिन छोरीहरू २० वर्षसम्म बिग्रन्छन १६ वर्ष मै विबाह गर्दिनु पर्छ



काठमाडौं – सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद करिमा बेगमले छोरीहरू २० वर्षसम्म बिग्रने भएकाले १६ वर्षमै विवाह गरिसक्नु पर्ने बताएकी छन् । संविधानअनुसार छोरीको बिहे २० वर्षभन्दा कम उमेरमा गर्न पाइँदैन् ।

प्रदेश सभा बैठकमा बोल्दै संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी प्रदेश २ की सांसद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताएकी छन् । उनले भनिन्, ‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतिक्षा गरियो भने बिग्रने डर हुन्छ, १६ वर्षभित्रै बिहे गर्ने कानुन बनाउँ त्यही उपयुक्त हुनेछ ।’

छोरीको बिहे २० वर्षपछि गर्ने भएकैले भागी विवाहको संख्या वृद्धि भएको उनको तर्क छ ।

प्रदेश सरकारले नै छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने बेगमको सुझाव छ । ‘यसबाट गरिब आमाबुवाले आफ्नो छोराछोरीको बिहे कम खर्चमै गर्न सक्छन्,’ उनले भनिन् ।