प्रधानमन्त्रीलाई संसदमै प्रश्न : गोकुल बास्कोटालाई भारतीय दूतावास किन पठाएको ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्रीलाई संसदमै प्रश्न : गोकुल बास्कोटालाई भारतीय दूतावास किन पठाएको ?



काठमाडौं- नेपली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय दूतावासमा सांसद पठाएकोबारेमा प्रश्‍न गरेकी छन्। प्रधानमन्त्री कार्यालय अन्तर्गतको विनियोजन विधेयकमाथि प्रश्‍न उठाउने क्रममा उनले प्रश्‍न गरेकी हुन्।

नेकपाका सांसद तथा पूर्व सञ्‍चारमन्त्री गोकुल बाँस्कोटा एक साताअघि भारतीय दूतावासमा छिरेको प्रसंगमा उनले प्रधानमन्त्रीलाई प्रश्‍न गरेकी हुन्।

‘हामी हाम्रो भूमि जसरी भएपनि फिर्ता गरेकै छोड्छौँ,’ उनले भनिन्, ‘एक्लै हिँडेर यो सफल होइँदैन। सत्तापक्ष र प्रतिपक्षको साझेदारी नै छैन। एक्लै हिँडेर सफल हुन सकिँदैन’, उनले भनिन्, ‘एक जना सांसदलाई भारतीय दूतावास लैनचौर दौडाएर भूमि फिर्ता हुन्छ र? लुम्बिनीमा पुगेर धोती र कुर्तामा लगाएको नाता दिल्लीमा छ कि सक्किइसक्यो ?’

उनले राष्ट्रियता संकट पर्दा नेपाली कांग्रेसले सधैं चुनौती सामना गर्न तयार रहेको बताउँदै प्रधानमन्त्रीलाई एक्लै नहिँड्न आग्रह पनि गरिन।