शुक्रबारको संसद बैठकको कार्यसूचीमा पनि परेन एमसीसी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

शुक्रबारको संसद बैठकको कार्यसूचीमा पनि परेन एमसीसी



काठमाडौँ — शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ । संसद् सचिवालयले बिहीबार निकालेको सम्भावित दैनिक कार्यसूचीमा एमसीसी टेबलको कार्यक्रम राखेको छैन ।

संघीय संसदको महासचिव भरतराज गौतमद्वारा जारी दैनिक कार्यसूचीको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ प्रस्तुत उल्लेख गरिएको छ ।

एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिहीबार बेलुकी बिना निष्कर्ष टुंगिएको थियो ।शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकिएको थियो ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै १०बजेका लागि बैठक तय भएको हाे ।