संसद बैठक बस्दै: यस्तो छ आजको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यससंगै आजको बैठकको कार्यसूची सार्वजनिक भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ र महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस हुने संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बताए।