संसद बैठकमा अनौठो घटना - यस्तो छ नालीबेली - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

संसद बैठकमा अनौठो घटना – यस्तो छ नालीबेली



काठमाडौँ -मङ्गलबारको संसद बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हङ्गामा भयो ।

ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जबाफ दिन उपयुक्त छैन, प्रश्नहरूको जबाफ दिन्छु’ भनेपछि काङ्ग्रेस सांसदले आफ्नो स्थानबाट उठेर नाराबाजी गरे । आफूहरूलाई निम्छरो भनेर हेपिएको उनीहरूको भनाइ थियो । त्यस क्रममा प्रधानमन्त्री र काङ्ग्रेस सांसदबीच केहीबेर दोहोरी चल्यो ।

काङ्ग्रेस सांसदः संसदको मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयोस् ।
प्रधामनमन्त्रीः प्रश्न सोध्‍नेले पनि मर्यादा राख्नुपर्छ नि ।
काङ्ग्रेस सांसदः होहल्ला, संसदको मर्यादा कायम गर ।
प्रधानमन्त्रीः मलाई सोधिएका प्रश्नमा कस्ता शब्द प्रयोग भएका छन् रेकर्डबाट सुनियोस् ।
काङ्ग्रेस सांसदः हामी रेकर्ड सुन्न तयार छौँ, रेकर्ड देखाए हुन्छ ।
प्रधानमन्त्रीः संसदमा प्रश्न सोध्ने हो, अपशब्द बोल्ने होइन ।
काङ्ग्रेस सांसदः प्रधानमन्त्रीको भाषा संसदीय भएन, जबाफ दिने तरिका यो होइन ।
प्रधानमन्त्रीः मैले संसदीय भाषा प्रयोग गरेको छु, जबाफ माग्‍नेले मर्यादित हुनुपर्छ ।
काङ्ग्रेस सांसदः संसद तपाईँ (प्रधानमन्त्री)ले चलाउने होइन, सभामुखले हो । यदि प्रश्नकर्ताले गैरसंसदीय भाषा प्रयोग गरेको भए सभामुखले सचेत गराउने हो ।
प्रधानमन्त्रीः मैले सभामुखलाई होइन, तपाईँहरूलाई जबाफ दिने हो ।
काङ्ग्रेस सांसदः नियमावलीको व्यवस्थाअनुसार संसद चल्नुपर्छ ।
प्रधानमन्त्रीः नियमावली तपाईँले मात्र होइन, मैले पनि पढेको छु । नियमावली तपाईँहरूले पनि पालना गर्नुपर्छ ।