संसद् अधिवेशन एकाएक अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संसद् अधिवेशन एकाएक अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् ।

स्थायी कमिटि बैठक सुरू

नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ। तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित छैनन्।

११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री नआएपछि उनी बिनै बैठक सुरु भएको छ।

प्रधानमन्त्री ओलीले १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। त्यसकै तयारी भइरहेको जानकारी बालुवाटारले गराएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका छन्।