शपथ खान नपाएपछि जिल्ला फर्कदै सांसद
प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं. २ का एमाले सांसद राजबहादुर बुढा घर
फर्कने तरखरमा छन् ।
उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक सताअघि काठमाडौं आएका थिए ।
उनले भने, ‘प्रतिनिधिसभाको बैठक बस्ने दिन अन्योल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला ।’, आजको नागरिकमा यो खबर छ ।