समृद्ध काठमाडौँ कहिले बन्ला ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

समृद्ध काठमाडौँ कहिले बन्ला ?



-पी.एम महतारा

राजधानी बन्ने कुनै न्यूनतम मापदण्ड पुरा नगरेको काठमान्डौ, नछिरुन्जेल सपनाको सहर हुन्छ। के होला कस्तो होला जान पाए कस्तो होला लाग्छ तर छिरिसकेपछि थाह हुन्छ काठमान्डौको वास्तविकता..गाउँघरको स्वस्च्छ हावापपानी,कोलाहलमुक्त हरियाली वातावरणमा हुर्केकालाई काठमान्डौ कहिले छाडौँ हुन्छ। ३९५ वर्ग कि.मी क्षेत्रफलमा करिब २० लाख जनसङ्ख्या रहेको काठमाण्डौको मुख्य समस्याको कारण केन्द्रिकृत शासन व्यवस्था हो।देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल,विश्वविद्यालयका सम्पूर्ण कार्य गर्न काठमान्डौ नै आउनू पर्ने व्यवस्था,सामान्य अन्तर्रवार्ता तथा छिटो राहदानीको लागि काठमान्डौ आउनुपर्ने व्यवस्था तथा अवसरको खोजी नै काठमान्डौको जनसङ्ख्या असन्तुलनका कारणहरू हुन।स्थानीय तहको चुनावले विकेन्द्रीकृत शासन प्रणाली लागू गर्ने बताएपनि यसको असर कत्ती देखा परेको छैन।त्यस्तै काठमान्डौका अन्य समस्याहरूमा शुद्ध खानेपानी वितरण,धुलो धुवाँ,अस्तव्यस्त ट्राफिक समस्या,घण्टौँ जाम,असन्तुलित जनसङ्ख्या आदि हुन।

म साँझपख वानेश्वर चोक गएको थिए..सडक पेटी नै कब्जा हुने गरी लगाइका सडक बजारले अधिकांश सडक कब्जा गरेको थियो।देशकै केन्द्रबिन्दु तथा संसद् भवन अगाडीको यो दृश्य असोभनिय देखिन्थ्यो।सवारी साधन मिलाउन ट्राफिक प्रहरी हरसम्मत प्रयास गरिरहेका थिए तर सडक पेटीमा मानिसहरूको जाम नै लागेको थियो करिब ३० मिनेटपछि सडक पेटी छिचोल्न सफल भइयो।त्यस्तै दश तीरको समयमा न्यूरोडतिर छिर्ने मानिसको यति धेरै भिड लाग्यो कि त्यो खुलाऊन ६/७ जना प्रहरी नै खटिए तर सकेनन्..केहिबेरको वर्षा पछि भिड तितरबितर भयो। यी त प्रतिनिधि घटना मात्र हुन काठमान्डौको अव्यवस्थित तथा जनसङ्ख्या वृद्धि देखाउने।त्यस्तै सडकमा उड्ने धुलो असामान्य छ..प्राय सवारीले दिउसै हेडलाईट बाल्नु पर्ने अवस्था छ।

वल्खु,कंलकि,कोटेश्वर,त्रिपुरेश्वर जस्ता ठाउँमा धुलो धुवाँको अवस्था चरम छ।मास्क विना हिँड्ने मानिस अस्वस्थ्य बन्ने प्राय:निश्चित छ।मेलम्चि खानेपानी पाइप बिच्छाउदा खनियका सडकहरूका कारण हिउँदमा धूलो तथा बर्षातमा हिलो बनाइरहेका छन्।सुनिन्छ अझै बिधुत प्राधिकरणले विधुतीय तारहरू पनि सडकबाटै खनेर लादैछ..र यसले पनि सडक तथा धुलोको समस्या अझै निम्त्याउने छ।शुद्ध खानेपानिको समस्या काठमान्डौको अर्को ठुलो समस्या हो।मेलम्चि नआउन्जेल यो समस्या यथावत् नै रहने छ।साथै सुन्दरीजल बाट वितरण गरिएको खानेपानी अत्यन्तै प्रदूषित तथा मुहानमै कयौँ दिन सम्म मानिसको शव कुहियको घट्नले ससङ्कित बनाएको छ।

ढलको उचित व्यवस्थापन नहुँदा सडकमै ढलको पानी बगिरहेको देख्न सकिन्छ साथै ढल खाने पानीमा पनि मिसिने समस्या यथावत् नै छ।

काठमान्डौका नदीहरूबाट प्राय लेधो पानी बग्दछ..यसबाट निस्कने दुर्गन्धले मानिसहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ।जताततै झुन्डिएका तारहरूले हामीलाई व्यवस्थापन गर भन्ने सङ्केत गरिरहेका छन् तर सम्बन्धित निकाय महानगरले यसप्रति चासो देखाउँदैन..तारहरूले सबारिचालकलाई अप्ठ्यारो पारिरहेका छन्,महानगरलाई गिज्याईरहेका छन्।

अन्य देशका राजधानी व्यवस्थित,आकर्षक तथा दिगो विकास अवधारणा अनुरूप बनाइएका हुन्छन् तर हाम्रो देशको राजधानीमा घरहरू मात्रै थुपारियका छन्।सम्पूण घरहरूमा अत्यावश्यक मानिएका एम्बुलेन्स तथा दमकल पुग्न सक्दैनन्।

विश्व सम्पदा सुचीमा परेका पशुपति ,स्वयम्वु लगायतका क्षेत्रहरू अत्यधिक प्रदुषित र अस्तव्यस्त छन्।व्यवस्थापकीय कमजोरी तथा आफ्नै कार्यकालमा केही गर्छु भन्ने भावना नजाग्नु अझै ठुलो समस्या बनेको छ।

काठमान्डौमा मोनोरेल गूडाउने सपना बढेर चुनाव जितेकाहरूले ट्राफिक समस्या ,थोत्रा गाडीहरूको व्यवस्थापन मात्र गर्न सके जनताहरूले उपलब्धि ठान्नेछन्।देश सङ्घीय प्रणालीमा गईसकेको अवस्थामा प्रत्यक प्रदेशमा एक/एक वटा अन्तर्राष्ट्रिय विमानस्थल,प्रशासनिक कार्यको सहज वितरण गर्नु जरुरी छ।हामी जनताले पनि आफ्नै प्रदेशमा अवसर तथा रोजगार सृजना गर्नु पर्दछ।काठमान्डौका सडक छेउमा झुन्डिएका अन्य तारहर हटाउन डिजीटल प्रविधि तथा बिधुतिय तार हटाउन अन्डरग्राउन्ड पद्धति अपनाउनु पर्छ।साथै बन्दै गरेका अन्य सहरहरूले पनि काठमान्डौको पाठ सिक्दै दिगोविकास अवधारणा अनुरूप विकाश गर्दै लौजानु पर्छ।

देशमा सङ्घीयता सगसगै बिकेन्द्रिकृत शासन प्रणाली,साना कामको लागि काठमान्डौ आउनुपर्ने बाध्यता हट्यो भने साथै अवसर आफ्नै ठाउँमा पाइन थाल्यो भने,उच्च जनसङ्ख्या चापबाट आक्रान्त काठमान्डौमा अलिक सहजत आउँथ्यो।
आफ्नै जीवनकालमा काठमान्डौका धोवीखोला र बाग्मतीमा माछा भ्यागुता पैडेको हेर्न पाए,ट्राफिक समस्या मुक्त सडकमा प्रदूषणमुक्त सवारी चढेर काठमान्डौ घुम्न पाए,सहज शुद्ध खानेपानी तथा प्रदूषण मुक्त पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाए काठमान्डौ समृद्ध छ भन्न पाइन्थ्यो कि?