साम्राज्ञी भन्छिन: मैले गाउँले मन पर्दैन भनेकी छैन ,भाईरल भएका समाचार झुठा हुन् - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

साम्राज्ञी भन्छिन: मैले गाउँले मन पर्दैन भनेकी छैन ,भाईरल भएका समाचार झुठा हुन्



 केही वर्ष अगाडि देखि नेपाली फिल्म इन्डस्ट्रीमा सक्रिय देखिएकी नायिका हुन साम्रागीराज्य लक्ष्मी ।छोटो समय मै करोडौं दर्शक को मन मा बसेकी साम्राग्यी अभित फिल्म ले राम्रो सफलता समेत पाएका छन् ।
तर पछिल्लो समय ” मलाई गाउँले मन पर्दैन ” बरु म फिल्म क्षेत्र नै छोड्छु भनिन भनेर केही मिडियामा फेक समाचार आयसँगै विवादमा आएकी साम्रागीले यो कुरा आफूले न भनेको बोल्दै न बोलेको झुटो हो भनेर आफ्नो फेस्बुक बाल मा यसरी स्पष्टीकरण दिएकी छन् ।

मेरा आदरणीय दर्शक महानुभाव हरू तथा हाम्रो फिल्म क्षेत्रका सम्पूर्ण अग्रज एवं समकालीन साथी हरूमा म साम्राज्ञीको तर्फबाट नमस्कार ।

केही दिन देखि म फिल्म शुटिंगको सिलसिलामा देश बाहिर रहेको अवस्थामा नेपालमा मैले बोल्दै नबोलेको र मैले अहिले सम्म सोच्दै नसोचेको कुरालाई समाचार बनाएर सम्प्रेषण गरिएको र उक्त समाचार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको कारण मलाइ अनावश्यक तनाव भइरहेको छ । साम्राज्ञी लाई “गाउँले मन पर्दैन” भन्ने शीर्षकमा सम्प्रेषित समाचारले गलत संदेश दिन पुगेको कारण मेरा दर्शक हरूको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिका हरू उत्तिकै प्यारा लाग्छन् र ती भूमिका हरू निर्वाह गर्न पाए मैले केही नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ ।

त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषा लाई उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केही कामको चाप अनि समयको अभाव र कार्य व्यस्तता को कारण मैले आफूलाई आएका केही अफर हरूमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजी मामला थियो, स्क्रिप्ट मन परेको थियो काम गर्ने टिम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन ।

मैले मलाइ दिइएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलाइ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन र कुनै वार्तालाप कुनै मिटिंग या कुनै समारोह मा मैले “मलाइ गाउँले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेश लाई उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किसिमका जीवन शैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु ! सबै भन्दा दुखको कुरा चर्चित न्युज पोर्टलमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार मित्र हरूले यस विषयमा मेरो बिचार जान्ने या सत्यता प्रमाणित गरेर मात्र समाचार छाप्ने आफ्नो साधारण जिम्मेवारी सम्म पुरा गर्दिन भएन त्यसमा मलाइ अत्यन्तै दुख लागेको छ । म मेरा सम्पूर्ण दर्शक वृन्द एवं शुभचिन्तक हरूमा यो आग्रह गर्न चाहन्छु कि ‘गाउँले मन पर्दैन’ भन्ने मेरो भनिएको अभिव्यक्ति मैले दिएको होइन कसले आफ्नो व्यक्तिगत फाइदाको लागि यो शीर्षक को प्रयोग सुरु गर्‍यो या कसले कुन प्रमाणको आधारमा त्यो समाचार छाप्यो त्यो उनीहरू नै जानुन् –मेरा शुभचिन्तक हरू भ्रम मा पर्नुहुने छैन र मलाइ निरन्तर उत्तिकै माया गरिरहनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
~साम्राज्ञी