मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य पनि पक्राउ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य पनि पक्राउ



पर्सा- प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य समेत रहेका संसद विकास प्रतिनिधी शेख समिरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

मुख्यमन्त्री राउतको प्रदेश संसदको विकास प्रतिनिधी रहेका समिरलाई बिरगंज वडा २ छपकैयाबाट प्रहरीले पक्राउ गरेको हो।

मुख्यमन्त्री राउत काठमाडौं आएको बेलामा पर्सामा समिर पक्राउ परेका हुन्। प्रहरीले उनको पक्राउको पुष्टी गरेपनि किन पक्राउ गरेको बारेमा खुलाएको छैन।

प्रहरी स्रोतले भने मुख्यमन्त्री रातका सचिवालय सदस्यलाई राजस्व छलीमा पक्राउ गरेको बताएको छ।

लकडाउनले सबै कारोवार ठप्प भएको बेला प्रहरीले आफ्नो प्रदेशको विकास प्रतिनिधीलाई पक्राउ गरेको बारेमा जानकारी समेत नदिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

आफूले पर्साका एसपी गंगा पन्तलाई लकडाउनको समयमा तपाईले कुन आधारमा पक्राउ गरेको भनेर प्रश्न गरेपनि त्यसको चित्तबुझ्दो जवाफ नदिएको राउतले बताए।

मुख्यमन्त्रीको पिए दिपक यादवले जिल्ला प्रहरी कार्यालयमा भएपनि रातारात समिरलाई पक्राउ गरेको बारेमा आफूहरुलाई जानकारी नदिएको बताए।

प्रधानमन्त्री केपी ओलीले समाजवादीका नेता कार्यकर्तालाई दुख दिने नियतले प्रहरी परिचालन गरेको भन्दै समाजवादीका कार्यकर्ताहरुले यो पक्राउमा पनि सरकारको षडयन्त्र रहेको बताएको छ।