समृद्धी व्यक्ति विशेषका लागि भन्दापनि आमनागरिक केन्द्रित हुनुपर्छ:गगन थापा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

समृद्धी व्यक्ति विशेषका लागि भन्दापनि आमनागरिक केन्द्रित हुनुपर्छ:गगन थापा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले विभिन्न वहानामा स्वास्थ्य संघ–संस्थामा हुने तोडफोडका घटनालाई स्वीकार गर्न नसकिने बताएका छन् ।

१२९ औं श्रमिक दिवसको अवसरमा काठमाडौंको ओम हस्पिटल कर्मचारी यूनियनले आयोजना गरेको कार्यक्रममा नेता थापाले प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झिने गरेको टिप्पणी गरे ।

स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउ“दै उनले स्वास्थ्य ऐनको प्रभावकारी निर्माणस“गै कार्यान्वयनमा जोड दिए । सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभएसम्म मुलुक समृद्ध हुनै नसक्ने थापाको भनाइ थियो । ‘‘समृद्धी व्यक्ति विशेषका लागि भन्दापनि आमनागरिक केन्द्रित हुनुपर्छ,’’ उनले भने ।

उनले प्रजातान्त्रिक हक–अधिकार सुनिश्चित भएस“गै टे«ड यूनियनको दायरा फराकिलो भएको तर्क गरे । ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितस“गै कर्मचारीकोे वृत्ति विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताए । यूनियनका जागज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईको भनाई थियो ।