संविधान संशोधनमा नेपाली कांग्रेसले सहयोग गर्छ:देउवा - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

संविधान संशोधनमा नेपाली कांग्रेसले सहयोग गर्छ:देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधनमा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । संसदलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले संविधान संशोधन प्रक्रियालाई अघि बढाउँदा आफूलाई खुशी लागेको बताए ।

‘‘कांग्रेसले संविधान संशोधन गर्न खोज्दा सफल भएन । वर्तमान सरकारले संविधान संशोधन अघि बढाउँदा खुशी लागेको छ,’’ उनले भने, ‘‘संविधान संशोधनमा हाम्रो सहयोग रहन्छ ।’’

कांग्रेस सभापति देउवाले सम्बोधनको सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै भने, ‘‘मैले चुनाव गर्न सक्छ भन्ने उहाँले विश्वास गर्नुभएको थिएन । अहिले पनि चुनाव भएजस्तो लागेको छैन । तर उहाँ प्रधानमन्त्री भइसक्नु भएको छ ।’’