संसदमा पेश भयो संविधान संशोधन प्रस्ताव - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संसदमा पेश भयो संविधान संशोधन प्रस्ताव



काठमाडौँ – नेपालका संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा विधेयक प्रस्तुत गरेकी हुन्।

गएको बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पिायधुरा, कुटी, गुञ्जी, नावी, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो।