सरकारले भन्यो: कोरोना फैलिएका देशबाट नेपाली ल्याउन सम्भव छैन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सरकारले भन्यो: कोरोना फैलिएका देशबाट नेपाली ल्याउन सम्भव छैन



काठमाडौँ– सरकारले कोरोना संक्रमण फैलिएका देशहरुबाट एयर लिफ्ट गरेर नेपाली नागरिक ल्याउन नसकिने बताएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराेना भाइरसकाे उच्च जोखिममा रहेको सूची तयार पारेपछि प्रधानमन्त्री ओलीले यसबारे सक्रियता देखाएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमै बैठक बोलाएर कोरोना रोकथाम र नियन्त्रणका लागि समिति गठन गरेका छन् ।

शनिबार साँझ बालुवाटारमा बसेको बैठकले संक्रमण नियन्त्रणका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारले कोरोना नियन्त्रणका लागि उच्च स्तरिय समिति गठन गरिएको बैठकमा भएको निर्णयलाई प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

बैठकका निर्णयहरु

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच।

– प्रभावित क्षेत्रबाट आउने कुनै पनि व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने।

– नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय ‘क्याम्पियन’ स्थगित गर्नुका साथै नेपालमा हुने सम्मेलनहरुका बारेमा सरकारलाई अनिवार्य जानकारी गरिनुपर्ने।

– संक्रमण फैलिएका देशहरुबाट एयर लिफ्ट गरेर ल्याउन सम्भव नहुने।

– उडान स्थगित गर्ने नगर्ने बारेमा एक–दुई दिनभित्र निर्णय हुने।