बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो ।
यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति कार्यालयले गणपूरक संख्या कटौती गर्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।
अध्यादेशअनुसार निर्णय गर्न सहज तुल्याएपछि केही ढिलोगरी बैठक बसेको हो । अहिले जारी बैठकले संवैधानिक निकायमा रिक्त रहेका पदहरू पूर्ति गर्ने बताइएको छ ।
अध्यादेशमा संवैधानिक परिषद्का अध्यक्षसहित बैठकमा कायम रहेको बहुमतले निर्णय गर्न सक्नेछ ।