दलित महिला संघद्बारा बर्दगाेरियामा सम्वाद कार्यक्रम सम्पन्न
राजेन्द्र रावल
बाैनियाँ । दलित महिला संघ (फेडाे) कैैैलालीकाे आयाेजनामा “समग्र विकासकाे अवराेध,जातिय तथा लैंगिक विभेद” भन्ने मुल नाराका साथ शुक्रबार कैैैलालीको बर्दगाेरिया गाउपालिकामा एक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
महिला र दलितको सवालमा न्यायिक समिति संग सामुहिक कार्यगत संजालकाे सम्वाद भन्ने मुल ध्ययका साथ आयाेजना भएको कार्यक्रम दलित महिला संघ (फेडाे) कैलालीका बाेर्ड सदस्य रमा बादिकाे अध्यक्षतामा भएको थियाे । कार्यक्रममा बर्दगाेरिया गाउपालिका उपाध्यक्ष भगवती डगाैरा थारु प्रमुख अतिथिकाे रुपमा सहभागिता जनाउनु भएको थियाे ।
कार्यक्रममा सहभागी विभिन्न महिलाहरुले आफ्नाे टाेल छिमेकमा र घरमा हुने गरेका लैंगिक विभेद लगायतका यावत बिषयहरुका बारेमा प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका उपाध्यक्ष भगवती डगाैरा थारुलाई जानकारि गरायका थिए ।
उल्लेखित समस्याहरूको समाधान गर्नका लागि गाउपालिका उपाध्यक्ष चाैधरिले आगामि दिनमा गाउपालिकाले ठाेस याेजना ल्यायर अगाडि बड्ने कुरा व्यत्त गर्नु भएको थियाे । साे अवसरमा अगाडि बाेल्दै चाैधरिले त्यस्ता समस्या आइहालेमा न्यायिक समितिमा तत्काल उजुरि गर्न र प्रसासनमा जानकारि गराउन आग्रह गर्नु भएको थियाे ।
कार्यक्रम संयाेजक बिनाेद घिमिरेले कार्यक्रमका बारेमा प्रकाश पार्दै सुरु भएको कार्यक्रममा बर्दगाेरिया गाउपालिका भित्र रहेका विभिन्न ६ वटा समुहका पदाधिकारि हरुकाे सहभागिता रहेकाे थियाे ।
साे अवसरमा उत्कृष्ट सावित हुदै बर्दगाेरिया गाउपालिका भित्रका पाच वटा समुहरुलाइ घुम्ति काेषकाे रुपमा प्रति समूह ३० हजारका दरले हस्तान्तरण गरियकाे थियाे ।
कार्यक्रम काे सञ्चालन बालकुमारी सुनारले गरेकि थिइन् ।