बधाई तथा शुभकामना दिन मन्त्रालय नआउनुस,समय छैन:मन्त्री भट्टराई - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

बधाई तथा शुभकामना दिन मन्त्रालय नआउनुस,समय छैन:मन्त्री भट्टराई



काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि बधाई तथा शुभकामना दिनका लागि समय उपलब्ध नगराउने जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आजदेखि बधाई तथा शुभकामना दिनका लागि मन्त्रालय नआउन र समय उपलब्ध गराउन नसकिने जानकारी पनि उनले गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत र भेटेरै आफूप्रति विश्वास र भरोसा राख्ने एवं बधाई दिनेलाई कृतज्ञता व्यक्त गर्दै उनले सबैको बधाई तथा शुभकामनालाई कार्यसम्पादन गर्ने उर्जाको रुपमा लिएको जनाएका छन् । भट्टराईले खेलेका छन्, ‘यहाँहरुले म प्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहान्छु ।’